शनिबार, मंसिर १६, २०८०
  • गृहपृष्‍ठ
  • शिक्षा
  • विधायन व्यवस्थापन समितिमा नेपाल विश्वविद्यालय विधेयक सम्बन्धमा छलफल

विधायन व्यवस्थापन समितिमा नेपाल विश्वविद्यालय विधेयक सम्बन्धमा छलफल


कान्तिपथ


काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा नेपाल विश्वविद्यालय विधेयक २०७९ सम्बन्धमा छलफल भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालयलाई हाल सञ्चालनमा रहेका  विश्वविद्यालयहरूभन्दा फरक र पृथक् ढङ्गबाट सञ्चालन गर्न विधेयक ल्याइएको जानकारी दिनुभयो ।

विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप भइरहेको भन्ने गुनासो आइरहेका बेला नेपाल विश्वविद्यालयलाई सार्वजनिक विश्वविद्यालयका रुपमा प्राविधिक र दक्ष जनशक्ति उत्पादन गर्ने गरी अगाडी बढाइने मन्त्री राईले बताउनुभयो ।

बैठकमा समितिका सदस्यहरुले यस अगाडी नै नेपालमा १३ वटा विश्वविद्यालय सञ्चालनमा रहेको अवस्थामा अन्य विश्वविद्यालय आवश्यक नरहेको र भएका विश्व विद्यालयहरूलाई व्यवस्थित गर्नुपर्ने विषय उठाउनुभएको थियो ।

त्यस्तै सांसदहरुले शिक्षा ऐन नहुँदा शिक्षाको क्षेत्रमा बढिरहेको बेथिति अन्त्य नहुने भन्दै संघीय शिक्षा ऐन तत्काल ल्याउनुपर्ने माग गर्नुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत