आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम अन्तर्गत सरकारले ‘युवासँग सरकार, हुने छैनन् बेरोजगार’ अभियानको घोषणा गरेको छ ।
शुक्रबार संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले ‘युवासँग सरकार, हुने छैनन् बेरोजगार’ अभियानको घोषणा गरेका हुन् ।
यो कार्यक्रम अन्तर्गत आगामी दुई वर्षभित्र निजीक्षेत्रसँगको सहकार्यमा राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गर्दै पाँच लाख आन्तरिक रोजगारी सिर्जना गरिने उनले बताए ।
उत्पादनसँग प्रत्यक्ष जोडिने रोजगार र उद्यमशीलतासँग सम्बन्धित संस्था, कोष तथा कार्यक्रमहरूलाई एकीकृत गर्ने पनि सरकारले घोषणा गरेको छ ।