बिहिबार, मंसिर २१, २०८०

बिहे नगरी स्नातक पास गरे मरिणमा छात्रालाई एक लाख पुरस्कार


कान्तिपथ


काठमडौँ – बालविवाह तथा घरेलु हिंसा रोकथामका लागि सिन्धुलीका स्थानीय तहले विभिन्न किसिमका प्रोत्साहनका कार्यक्रम ल्याएका छन्।

जिल्लाको मरिण गाउँपालिका विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरुप एक लाख प्रदान गर्न थालेको हो।

विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै स्थानीय विद्यालयमा विद्यार्थीको संख्या बढाउने उद्देश्यका साथ यस कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ले जनाएका छन्।

बिहेवारी २० वर्ष पारी भनिएपनि छात्राहरूले कमै उमेरमा विवाह गर्नाले विभिन्न किसिमका घरेलु हिंसा तथा स्वास्थ्य समल्या झेल्नु परेका थुप्रै उदाहरण छन्। शिक्षामा बेरुची र पढ्नेहरू पनि काठमाडौँ लगायत देशका मुख्य शहरमै केन्द्रित हुनाले गाउँका विद्यालयहरू धरासायी अवसथामा पुगेका कारण पनि यो योजना ल्याइएको उनको भनाइ छ।

मरिण गाउँपालिकाले ल्याएको यो कार्यक्रममा विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने मरिणका स्थानीय विद्यार्थी, जसले स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गरेका छन्, उनीहरू पर्दछन।

सोही कार्यक्रमअन्तर्गत गत शनिबार गाउँपालिकाले स्नातक तह उत्तीर्ण गरेका पाँचजना किशोरीलाई जनही एक लाख हस्तान्तरण गरेको छ। मरिण- ७ का चारजना र वडा नं ६ की एकजना किशोरीलाई उक्त रकम प्रदान गरिएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत