शनिबार, मंसिर १६, २०८०

रविले प्रचण्डको मुटु चेक गराउने !


कान्तिपथ


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुटु चेक गर्न चाहेको बताएका छन्। प्रतिनिधि सभामा बुधबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै रास्वपा सभापति लामिछानेले उक्त कुरा बताएका हुन्।

लामिछानेले भने,‘भुटानी शरणार्थी प्रकरणमा सरकारले मुटु कमाए जस्तो लाग्यो। म प्रधानमन्त्रीको मुटु चेक गर्न चाहन्छु। कुन अस्पताल जाने भन्नुहोस्।’

प्रधानमन्त्रीले मुटु कमाउँदिन भनेको प्रसंग कोट्याउँदै लामिछानेले भने, तपाईंले मुटु कमाउँदिन भन्नुभएको थियो। काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने शंका लागेको छ।’ उनले तीन पार्टी बसेर घटनालाई सामसुम पार्न खोजेको आरोप समेत लगाए।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा बालुवाटर, सिंहदरबार, मन्त्री क्वाटरभित्र पैसा बुझाएको भन्ने विवरण आइरहेका छन्। यसमा राज्यले छानबिन गर्न सक्छ,’ उनले भने, ‘छानबिन गरेपछि कोको संलग्न छन् थाहा हुन्छ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत