शनिबार, अशोज १३, २०८०

अर्थतन्त्रको झलक : आर्थिक वृद्धिदर सुस्त, आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र रहने


कान्तिपथ


अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गरिरहेका अर्थमन्त्रीका अनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र रहने अनुमान छ । विश्व अर्थतन्त्रमा देखिएको शिथिलता र आन्तरिक कारणले आर्थिक गतिविधिमा सुस्तता आएको हुँदा वृद्धिदर सन्तोषजनक नरहेको अर्थमन्त्री डा. महतले बताए ।

चैत महिनामा मुद्रास्फीति २७.७६ प्रतिशत रहेको अर्थमन्त्रीले उल्लेख गरेका छन् । आयातित वस्तुको मूल्यवृद्धि र अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुँदा मुद्रास्फीतिमा चाप परेको उनको भनाइ छ ।

बाँकी आर्थिक परिसुचक यसप्रकार छन् ।

सोधनान्तर स्थितिः १ खर्ब ८० अर्ब १७ करोड (वचत)

विदेशी मुद्राको सञ्चितिः ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने

विप्रेषण आप्रवाहः ९ खर्ब ३ अब (२४.२ प्रतिशत वृद्धि)

सरकारी खर्च : १५ खर्ब ४ अर्ब ९९ करोड (विनियोजनको ८३.९० प्रतिशत)

चालु खर्च : १० खर्ब ४३ अर्ब ३९ करोड विनियोजनको ८८.१८ प्रतिशत

पूँजिगत खर्च : २ खर्ब ५८ अर्ब ३४ करोड (विनियोजनको ६७.९१ प्रतिशत)

वित्तिय व्यवस्था : २ खर्ब ३ अर्ब २६ करोड (विनियोजनको ८८.२९ प्रतिशत)

राजश्व संकलन : ११ खर्ब ७९ अर्ब ४४ करोड (लक्ष्यको ८४ प्रतिशत)



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत