आइतवार, माघ ६, २०८१

अख्तियारका आयुक्त जयबहादुर चन्दको म्युजिक भिडियो सार्वजनिक


कान्तिपथ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवं पूर्व एआइजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ। चन्दले लेखेको ‘मैनाचरी’ बोलको गीत सार्वजनिक भएको हो।

गायिका मेलिना राईको स्वर रहेको राष्ट्रिय भावको यो गीतमा वसन्त सापकोटाले संगीत भरेका छन्। महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले ठुम्का लगाएकी छिन्। सुदिप बरालले खिचेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। भिडियो निर्देशन भने सरोज ओलीले गरेका छन्।

यसअघि चन्दले ट्राफिकसम्बन्धी जनचेतना जगाउने सेतो टोपी बोलको गीत ल्याएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत