मङ्लबार, अशोज ९, २०८०

किसानको नाममा ४ तारेमा तालिम : तामाकोशीका मान्छे नगरकोटमा मुडफ्रेश !


कान्तिपथ


दोलखाको तामाकोशी गाउँपालिका भक्तपुरको ४ तारे होटलमा तालिम राखेपछि विवादमा तानिएको छ । गाउँपालिका कै कर्मचारी र जनप्रतिनिधिले सामाजिक संजाल मार्फत सार्वजनिक गरेको फोटोबाट नगरकोटस्थित मिस्टिक माउन्टेनमा ३ दिने तालिम संन्चालन गरेको प्रष्ट बुझ्न सकिन्छ ।

जेठ २६ सम्म चल्ने तालिमको शिर्षक राखिएको छ, ‘तामाकोशी कृषि तथा पशु व्यवसाय प्रवर्द्धन कार्यक्रम, परियोजना अनुगमन तथा समन्वय समिति (PMCC) का पदाधिकारीहरुको लागि आधारशिला तालिम’। यद्धपि तालिममा को-को सहभागी छन् भन्ने खुलाईएको छैन ।

सामाजिक संजालमा सरकारले करोडौं खर्च गरेर गाउँपालिकामा संरचना किन बनाएको ? बैठक, गोष्ठी, सेमिनार गर्न हैन ? कि गाउँपालिकाका कर्मचारी/पदाधिकारीलाई नगरकोटमा चरिचरण गर्न हो कि ? भन्दै आलोचना बढेको छ ।

सिताराम उप्रेती नामका फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘किसानलाई मल छैन ७० % बजेट एनजीओ मार्फत नगरकोट रिसोर्टमा जनप्रतिनिधिहरुको मस्ति ।

यो कार्यक्रमको ब्यानरमा आर्थिक र प्राविधिक सहयोग गाउँपालिका र हेफर प्रोजेक्ट नेपालले व्यहोर्ने भनिएको छ । आर्थिक वर्षको अन्त्यतिर आयोजना गरिएको यो कार्यक्रम बजेट सक्न कै लागि गरिएको हुनसक्ने एक स्थानीय युवाले बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत