मङ्लबार, अशोज ९, २०८०

विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब २८ करोड ५० लाखको बजेट  


कान्तिपथ


विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । 

महानगरपालिकाको १२औँ अधिवेशनमा आज महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षको लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । 

महानगरपालिकाकाले कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकासतर्फ १ अर्ब ६५ करोड ५५ लाख, आर्थिक विकासतर्फ ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकासतर्फ ८५ करोड २० लाख ४४ हजार मध्ये स्वास्थ्यतर्फ १३ करोड ६७ लाख, शिक्षातर्फ ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यस्तै, महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १९ वटै वडाको वडा स्तरीय आयोजनाका लागि ३८ करोड, नगर स्तरीय आयोजनाका लागि २० करोड, बहुवर्षीय र क्रमांगत आयोजनका लागि ६५ करोड सडक मर्मत सम्भारका लागि १० करोड तथा सडक बत्तीको लागि १ करोड ५३ लाख  बजेट बिनियोजन गरेको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ४ अर्ब १७ करोड ९ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । महानगरको १२ नगरसभाको अध्यक्षता महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गर्नुभएको थियो । 

महानगरपालिकाले शिक्षा, स्वास्थ्य, विकास निमार्ण तथा पूर्वाधारलाई जोड दिएको छ । 

सो अवसरमा महानगरपालिकाका प्रमुख कोइरालाले सीमित साधन श्रोतका बाबजुद पनि महानगरपालिकामा उल्लेखनीय रुपमा विकास निमार्णका काम भइरहेको उल्लेख गर्नुहुँदै महानगरको विकासमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । 

उपमेयर कार्कीले प्रस्तुत बजेटले महानगरको विकासमा सहयोग पुग्नेमा जोड दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत