मङ्लबार, अशोज ९, २०८०

आज बजेट पास गर्ने सरकारको तयारी


कान्तिपथ


सरकारले आज संसद्बाट बजेट पारित गराउने तयारी गरेको छ। त्यसका लागि आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची तय गरिएको छ।

त्यसो त सत्ता गठबन्धनमै रहेका कतिपय दल बजेट संशोधन नभए पारित गर्न नदिने अडानमा छन्। तर यथास्थितिमा बजेट पास नगर्ने अडान लिएका एकीकृत समाजवादी, जसपालगायत दलले उठाएका केही विषय सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएका छन्।

स्रोतका अनुसार मंगलबार साँझ सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेता र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भएको छलफलबाट बजेट पारित गर्ने सहमति भएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत