मङ्लबार, बैशाख ९, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी

गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी


कान्तिपथ


 गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने भएको छ । पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गरिने भएको हो।

सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गरेर सैद्धान्तिकतर्फ ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क ल्याउनेहरुलाई मात्र ग्रेडिङमा समावेश गर्ने व्यवस्था गरेको छ । यस भन्दा अंक ल्याउन ल्याउनेको प्रमाणपत्रमा नै एनजी अर्थात् नन ग्रेडेड लेखिने, मूल प्रमाणपत्र नै नपाउने र कक्षा ११ मा पढ्न नपाउने व्यवस्था उक्त निर्देशिकामा छ ।

तर बोर्डले यो वर्षको एसईई नतिजा प्रकाशनमा यो व्यवस्था लागू नगरी अक्षरांकन (ग्रेडिङ) विधि लागू गर्नेछ । यो विधिमा ‘ई’ ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिन्छ ।

चालु शैक्षिक सत्रमा सबै कक्षामा नयाँ पाठ्यक्रम अनुसार पढाइ भएकाले अबदेखि भने नयाँ ग्रेडिङ प्रणाली लागू हुने बोर्डका अध्यक्ष जानकारी दिएका छ्न् ।

परीक्षामा देशभरका करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत