मङ्लबार, अशोज ९, २०८०

सुपारी किलर गुण्डा नाईकेलाई जन्मकैद !


कान्तिपथ


काठमाडौं जिल्ला अदालतले गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्नेतसहित अम्बरबहादुर रानालाई जन्मकैदको फैसला सुनाएको हो ।

२०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनमाथि शान्तिनगरमा गोली प्रहार गरी हत्या गरिएको थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचन हत्या अभियोमाग पक्राउ परेका बस्नेत र रानालाई जन्मकैदको सजाय भएको हो ।

त्यस्तै सोही अभियोगमा पक्राउ परेका लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष, समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवानाको फैसला भएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत