आइतवार, फाल्गुन ४, २०८१

सिंहदरबारमा प्रधानमन्त्री दाहाल,सभापति देउवा र अध्यक्ष ओलीबीच छलफल


कान्तिपथ


काठमाडौं । सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर सदन अवरोध गरेपछि यसको समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओली छलफलमा जुट्नुभएको हो ।

एमाले प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने अडानमा छ । सत्ता गठबन्धनले प्रधानमन्त्रीले सदनमा जवाफ दिने तर राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

सभामुख देवराज घिमिरेले वार्ताबाट समस्या समाधान नभइ बैठक अघि नबढ्ने दलहरूलाई जानकारी गराइसक्नुभएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत