सोमवार, बैशाख ३, २०८१

ईन्जिनियर भकुर्ने पुर्वसांसद समातिएपछि एमालेको बितण्डा


कान्तिपथ


पूर्व प्रदेश सांसद दानसिंह परियार पक्राउ परेपछि एमालेले विरोध प्रदर्शन गरेको छ ।

पूर्वाधार विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ईन्जिनियर दत्त बुढ्थापामाथि कुटपिट गरेको आरोपमा परियार र छायाँनाथरारा नगरपालिका वडा नं ६ का वडाध्यक्ष खेमबहादुर रावललाई प्रहरीले पक्राउ गरेको थियो ।

दुवै जनालाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रियाअघि बढाएपछि सोमबार रिहाइको माग राखेर एमाले मुगुका नगर ईन्चार्ज डम्बर बहादुर रावलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मुगुमा विरोध प्रदर्शन गरेका छन् ।

शनिबार पूर्वाधार विकास कार्यालय प्रमुख इन्जिनियर दत्त बुढ्थापालाई सडक योजना सम्झौताअनुसार सबै रकम भुक्तानी नगरेको आरोप लगाएर कार्यालय हाताभित्रै पूर्वसांसद परियार र वडाध्यक्ष रावलले हातपात गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत