शनिबार, अशोज १३, २०८०

जनता पछार्ने १२ नगर प्रहरीको जागिर चैट !


कान्तिपथ


काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीलाई अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारवाही गरेको छ। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ। ५ जना महानगर प्रहरीलाई निलम्बन गरिएको उनले बताए।

उनले यसअघि ती कर्मचारीलाई विभागीय कारवाही गरेको तर जनस्तरबाट फेरि अमानवीय व्यवहारको गुनासो आएपछि पदबाट हटाइएको जानकारी दिए।

केही समययता महानगर प्रहरीले सडक व्यापारीलाई अमानवीय व्यवहार गर्दै आएका थिए। सामाजिक सञ्जालमा व्यापारीको सामान लुट्ने, घरभित्रैबाट ठेला थुत्ने र सडकमा लछारपछारसमेत गर्ने गरेको भिडि‌ओ सार्वजनिक भएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत