मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एकजनालाई पक्राउ गरेको हो ।
सीआईबी स्रोतका अनुसार ती व्यक्तिलाई पक्राउ गरिसकिएको छ । दुर्गा प्रसाईँ अहिले उजुरी गर्न सीआईबी कार्यालय पुगिसकेका छन् ।
सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले व्यवसायी प्रसाईँ उजुरीका लागि कार्यालय आएको बताए ।