बिहिबार, चैत्र ६, २०८१

साइकल यात्रुलाई मुक्का हानेर घिसार्ने भेटवाल पक्राउ


कान्तिपथ


विराटनगर महानगरपालिका ४ स्थित दूधफारम चोकनजिकै एक साइकल यात्रीलाई मुक्का हानेर सडकमा लडाएपछि घिसार्दै गरेको भडियोमा देखिएका व्यक्ति पक्राउ परेका छन् । साइकल यात्रीलाई मुक्का हानेर लडाएको भिडियो भाइरल बनेपछि मोरङ प्रहरीले उनको खोजी तीव्र बनाएको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार असार १९ गते राति कोसी राजमार्गमा निजी गाडीबाट ओर्लिएर विराटनगर ४ का १९ वर्षीया आयुष भेटवालले साइकल यात्रुलाई मुक्का हानेर ढलाएका थिए । त्यसपछि बेहोस भएका साइकल यात्री विराटनगर–६ बस्ने पवन साहलाई अमानवीय ढंगले सडकमा घिसारेर पल्लो छेउ पुर्याएका थिए । भेटवालले साइकल यात्रीलाई बेहोस अवस्थामै अमानवीय ढंगले घिसारेको भिडियो भाइरल बनेको छ ।

विराटनगर–४ खारजी बस्ने भेटवाललाई घटना भएको १० घण्टापछि पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दिपक पोखरेलले जानकारी दिए ।

पीडित साहले आफू फ्याक्ट्रीमा काम गरेर साथीसँगै साइकलमा घर फर्कने क्रममा भेटवालले निजी गाडीबाट एक्कासी उत्रिएर मुक्का हानेर बेहोस बनाएको बताए ।

बा१५च ३४४५ नम्बरको कारमा सवार भेटवालले साहमाथि आक्रमण गरेको र उनका मतियारहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत