मङ्लबार, अशोज ९, २०८०

अपर तामाकोशीले माग्यो ४५ कर्मचारी


कान्तिपथ


माथिल्लो तामाकोशी हाइड्रोपावरले ४५ जना कर्मचारी माग गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै विभिन्न पदमा ४५ कर्मचारी माग गरेका छन्

कम्पनीले रिक्त रहेका पदहरुमा जुनियर मिस्त्रीदेखि वरिष्ठ इन्जिनियरसम्मको पदका लागि करार सेवामा कर्मचारी माग गरेको हो ।

कम्पनीका अनुसार वरिष्ठ इन्जिनियर इलेक्ट्रिकल र वरिष्ठ इन्जिनियर मेकानिकलमा एक/एक जना, इलेक्ट्रिकल इन्जिनियर ३ जना तथा इन्जिनियर इलेक्ट्रिकल तथा सञ्चार, सिभिल इन्जिनियर, विविध वातावरणविद् र जियोलिस्ट एक/एक जना माग गरिएको छ ।

त्यसैगरी, कम्पनीले सहायक प्रशासकीय अधिकृत २ जना, सहायक लेखा अधिकृत २ जना, इलेक्ट्रिकल र सिभिल सुपरभाइजर एक/एक जना, मेकानिकल सुपरभाइजर ४ जना, इलेक्ट्रिकल फोरमेन ८ जना, इलेक्ट्रिसियन ३ जना र मेकानिमल जुनियर मिस्त्री ११ जना कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजबाट साउन ९ सम्ममा आवेदन दिन सक्नेछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत