बुधबार, अशोज १०, २०८०

सिता दाहाललाई राजकीय सम्मान : प्रचण्ड र दुई छोरीले दिए दागबत्ती


कान्तिपथ


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सीता दाहालको अन्त्येष्टि गरिएको छ । उनको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

सीताको पार्थिव शरीरमा प्रचण्डसहित छोरी गंगा र रेणु दाहालले दागबत्ती दिएका छन् ।

बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकी दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाट पुर्याइएको हो । त्यसअघि, उनको शव श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो ।

उनको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत