शनिबार, अशोज १३, २०८०

सीता दाहालको निधनप्रति चीनद्वारा दुःख व्यक्त


कान्तिपथ


चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ ।

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले शोक मन्तव्य जारी गर्दै दाहालको निधनबाट शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरेका हुन् ।

सीता दाहालले माओवादी केन्द्रमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र चीनको निमन्त्रणामा भएको द्विपक्षीय छलफलमा उनको सहभागिता रहेको भन्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।

यस कठिन घडीमा नेपालको राष्ट्रिय विकासमा नेतृत्व गर्नका लागि प्रधानमन्त्री दाहालको दृढशक्तिको कामना समेत गरेको छ ।

दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि पार्किन्सनजस्तो गम्भीर रोगबाट ग्रसित थिइन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत