शनिबार, अशोज १३, २०८०

७ राजदुत रिक्त : यी हुन् आकांक्षी


कान्तिपथ


सरकार विभिन्न देशका लागि राजदूत नियुक्तिको प्रक्रियामा लागेको छ । अहिले रिक्त रहेका ७ वटा राजदूत पद नियुक्तिको प्रक्रिया अघि बढेको हो ।

संयुक्त राष्ट्रसंघीय नियोग र विभिन्न पाँच देशमासहित ७ जना राजदूतको पद रिक्त छ । न्यूयोर्क, जेनेभास्थित संयुक्त राष्ट्रयसंघीय नियोगको स्थायी प्रतिनिधि, क्यानडा, फ्रान्स, कुवेत, यूएई र थाइल्याण्डका दूतावासमा राजदुत रिक्त भएका छन् । उनीहरू सबै करियरबाट डिप्लोम्याट हुन् ।

परराष्ट्रमन्त्री एनपी साउदले अर्को मन्त्रिपरिषद् बैठकमा राजदूत नियुक्तिका लागि प्रस्ताव लैजाने तयारी गरेका छन् । राजदूतका लागि मन्त्रालयका कर्मचारीहरु धनबहादुर ओली, लोकबहादुर थापा, तेजबहादुर क्षेत्री, प्रकाशमणि पौडेल, रामप्रसाद सुवेदी, घनश्याम लम्साल लगायत आकांक्षी छन्।

राजदूत नियुक्तिमा राजनीतिक र करियर गरी ५०/५० प्रतिशत भागवण्डा गर्ने तयारी छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत