शनिबार, माघ २६, २०८१

कोसोभोको संसद भवनमा हानाहान


कान्तिपथ


कोसोभोको संसद्‌‌मा सांसदहरूबीच कुटाकुट भएको छ। प्रधानमन्त्री कुर्ती ओल्बन संसद्को पोडियममा बोलिरहेको बेलामा विपक्षी दलका एक सांसदले पानी छ्यापेपछि संसद्‌भित्रै कुटाकुट भएको हो।

समाचार एजेन्सी रोयटर्सका अनुसार उत्तरी क्षेत्र सर्ब बहुमतका अधिकारी र सत्तारुढ दलका एक सदस्यबीच भएको अडिओ रेकर्डिङको विषयलाई लिएर संसद्‌मा बहस भइरहेको छ।

सो बहसको क्रममा प्रधानमन्त्री कुर्ती बोलिरहँदा उनी र उपप्रधानमन्त्रीसमेतलाई पानी छ्यापेको भिडिओमा देख्न सकिन्छ। त्यसपछि सुरु भएको विवाद अन्य विपक्षी र गठबन्धनका सांसदहरू मञ्चमै पुग्दा झगडा फैलिएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत