मङ्लबार, अशोज ९, २०८०

बससँग ठोक्किएर कोशी ब्यारेजमा ट्रक खस्यो, चालक र यात्रुको सकुशल उद्धार


कान्तिपथ


सप्तरी- सप्तरी र सुनसरीको बीचमा पर्ने कोशी व्यारेजमा आज ट्रक खसेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोशी ब्यारेजको ढोका नं ९ र १० को बिचमा मे १ ख ३००७ नंको ट्रक खसेको सप्तरी प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १८६५ नम्वरको बस र विपरीत दिशाबाट आइरहेको ट्रक एक आपसमा ठोकिँदा ट्रक कोशी नदीमा खसेको हो ।

नदीमा खसेको ट्रकमा सवार चालक र अन्य व्यक्तिलाई सकशुल उद्धार गरिएको छ । यसैबीच कोशीमा खसेको ट्रकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत