मङ्लबार, अशोज ९, २०८०

सुन तस्करीमा हामी बाउ छोरा संलग्न छैनौ : महरा


कान्तिपथ


भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ व्यापारी समेत रहेका तस्करसँग नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको समेत कनेक्सन देखिएको भन्दै समाचार आएपछि कृष्णबहादुर महराले त्यसको खण्डन गरेका छन् । सुन तस्कर चिनियाँ नागरिकसँग नेता महरा र राहुलले पटकपटक सम्पर्क गरेको प्रहरी अनुसन्धानमा देखिएको भन्दै एक अनलाईनले समाचार प्रकाशित गरेको थियो ।

महराको खण्डनमा भनिएको छ, ‘सुन तस्कर संग पूर्व सभामुख महराका वाउ छोराको कनेक्सन’ भन्ने समाचार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । चिनिया नागरिक वाङ संग पहिले देखी सामान्य चिनजान भएको र उनि आफु फलफुल व्यापारीको रुपमा नेपालमा रहदै आएको जानकारी गराएका थिए । उनको अन्य व्यापार र काम संग हाम्रो कुनै जानकारी र हाम्रो कुनै सम्वन्ध नरहेको प्रष्ट पार्न चाहान्छु ।

जहा सम्म छोरा राहुलले भन्सार कर्मचारी लाइ सम्पर्क गरेको भनिएको छ : उनि चिनिया नागरिक वाङ ले चीनिया कामदारको लागी मगाएको केही सामान भन्सारमा अड्कीएको र वुझिदिन आग्रह गर्दा भन्सार कर्मचारी लाई सम्पर्क गर्दा नियम अनुसार हुने जानकारी पाएको र उनलाइ त्यही जानकारी गराएको हो । तर अरु कुनै विषय जानकारीमा नभएको तथ्य हो । साथै ती व्यक्तीसंग कुनै कार्यमा कुनै सहभागीता र सहयोग नगरेको पनि प्रष्ट पार्न चाहान्छौ ।

चिनजान हुनु र संलग्न हुनु फरक विषयलाई दुरासय पूर्ण तरिकाले समाचार प्रकाशित गर्नु ठिक होइन । यो समाचार विल्कुल तथ्यहिन मात्र नभएर राजनैतिक पूर्वाग्रहीमा आधारमा भएकोले खण्डन गर्दछौ ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत