शुक्रबार, बैशाख ७, २०८१

भलिबलका राष्ट्रिय कप्तान थापा बर्खास्त


कान्तिपथ


भलिबल नेपाली राष्ट्रिय टिमका कप्तान हरिहजुर थापा बर्खास्त भएका छन् । नेपाल भलिबल संघले उनलाई बर्खास्त गरेको हो ।

शनिबार सम्पन्न सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा उनको भूमिका सन्तोषजनक नभएको भन्दै संघले उनलाई कप्तानबाट बर्खास्त गरेको हो ।

उनी आर्मी क्लबका खेलाडी पनि हुन् । आर्मी र गण्डकीबीचको खेलमा साेमबार विवादसमेत भएको थियो । आर्मीका खेलाडीले दर्शकमाथि हातपात गरेका थिए ।

दर्शकमाथि भएको कुटपिट घटनाको छानबिन गर्न गठित समितिको सिफारिसमा थापालाई कप्तानबाट हटाइएको संघले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत