शनिबार, अशोज १३, २०८०

सांसदहरुले अझै बुझाएनन सम्पति विवरण


कान्तिपथ


संघीय संसद्‌ सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य (सांसद)हरुलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। आर्थिक वर्ष २०७९/०८ समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयले आग्रह गरेको छ।

सांसदहरुले साउन १ गतेदेखि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन सक्नेछन्। सांसदहरुले आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्ति तथा सम्पत्तिको स्रोत खुलाउने विवरण पनि पेस गर्नुपर्ने भनिएको छ।

संघीय संसद्‌ सचिवालयले एक सूचना जारी गर्दै भ्रस्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा(१)तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) बमोजिम सम्पत्ति विवरण बुझाउन भनेको हो।

सांसदहरुले सम्पत्ति विवरण बुझाउँदा आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण भरेर फरामलाई सिलबन्दी खाममा बुझाउनुपर्नेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत