राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई सफाया गरिदिने भन्दै धम्की दिने एक युवक पक्राउ परेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट ३० वर्षीय विजय कालीकोटेलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।