शनिबार, अशोज १३, २०८०

भोलि बालुवाटारमा सिता दाहालको स्मृतिमा श्रद्धाञ्जली सभा


कान्तिपथ


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्र भोलि दिउँसो श्रद्धाञ्जली सभा हुने भएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको निधनको सातौं दिनको अवसरमा दिउँसो १ बजे श्रद्धाञ्जली सभा गर्न लागिएको छ ।

माओवादी सचिव लीलामणि पोखरेलले आज पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उक्त जानकारी दिएका हुन् । पार्टीको विद्यार्थी महाशाखाले बिहान आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै भोलि बालुवाटारमा हुने श्रद्धाञ्जली सभामा सहभागी हुन सबैलाई आग्रह गरिएको छ ।

पोखरेलको भनाई उद्धृत गर्दै सहभागी एक जना विद्यार्थी नेताले भने, ‘भोलि १ बजे बालुवाटारमा श्रद्धाञ्जली सभा हुँदैछ । त्यहाँ तपाईंहरु पनि उपस्थित भएर आफूले चिनेका, आफ्नो क्षेत्रका साथीहरु उपस्थित भएर अझ बढी व्यवस्थित गर्नुहुनेछ । त्यहाँ विभिन्न दलका मानिस उपस्थित हुनेछन् ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत