बुधबार, अशोज १०, २०८०
  • गृहपृष्‍ठ
  • शिक्षा
  • चर्को शुल्क वृद्धिले विद्यार्थीको ढाड नसेक्न सीटीईभीटीलाई क्रान्तिकारीको ध्यानाकर्षण

चर्को शुल्क वृद्धिले विद्यार्थीको ढाड नसेक्न सीटीईभीटीलाई क्रान्तिकारीको ध्यानाकर्षण


कान्तिपथ


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले एचए, नर्सिङ र फार्मेसीको शुल्क वृद्धि फिर्ता लिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)सँग माग गरेको छ ।

क्रान्तिकारीको पवन कार्की समूहका संयोजक जगत भण्डारी र इन्चार्ज सागर केसीले आइतबार ज्ञापन पत्र पेश गर्दै शुल्क वृद्धि तत्काल फिर्ता लिई पुरानै शुल्कमा पठनपाठन माग गरेका हुन् ।

२०८० असार २९ गते शुक्रबार राति सीटीईभीटी द्वारा जारी गरिएको शुल्क समायोजन सम्बन्धी सूचना जारी भए पश्चात विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् । सीटीईभीटीले विद्यार्थी र अविभावक माथि चर्को शुल्कको भार थोपर्ने निर्णय गरेको अखिल क्रान्तिकारी पवन कार्की समुहका प्रवक्ता उपदेश यादवले आरोप लगाएका छन् । उक्त कार्यको विरोध गर्दै अखिल क्रान्तिकारी राष्ट्रिय समितिले गंभीर ध्यानाकर्षण सहित ७ बुँदे मागहरु तत्काल पूरा गर्नका लागि ध्यानाकर्षण पत्र पेस गरेका छन् ।

अखिल क्रान्तिकारीका सीटीईभीटी तथा विश्वविद्यालय इन्चार्ज सागर केसी र राष्ट्रिय समितिका संयोजक जगत भण्डारीले ध्यानाकषर्ण जारी गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर मा निर्देशक नवराज कोइराला मार्फत सदस्य सचिव समक्ष माग गरेका मुद्धाहरू यस्तो छ ।

अखिल क्रान्तिकारीद्वारा पेश गरिएको विद्यार्थीहरुका जायज मागहरु तत्काल पूरा नगरे सशक्त आन्दोलनका कार्यक्रम सहित अखिल क्रान्तिकारी अगाडि बढ्ने प्रवक्ता उपदेश यादवले बताए ।

शिक्षा राज्यको दायित्व र मौलिक हक समेत भएकोले निशुल्क हुनु पर्ने आफ्नो संगठनको मूल एजेन्डा भएको इन्चार्ज केसीको भनाई छ ।

सीटीईभीटीले मेडिकलतर्फ शनिबार नर्सिङ, एचए (सामान्य चिकित्सा) र फार्मेसीको अध्ययन शुल्क वृद्धि गरेको थियो । नर्सिङको शुल्क डेढ लाखले वृद्धि गरिएको छ भने फार्मेसीको शुल्क साढे ८६ हजार रुपैयाँ बढेको हो । सीटीईभीटीले नर्सिङ पढ्न ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क तोकेको छ । यसअघि नर्सिङको शुल्क ४ लाख ७५ हजार थियो । त्यस्तै एचए पढ्न ५ लाख २३ हजार ८ सय २० रुपैयाँ शुल्क तोकिएको छ । यसअघि ४ लाख ४ हजार शुल्क थियो । एचएको शुल्क एक लाख १९ हजारले वृद्धि भएको छ । फार्मेसीको नयाँ शुल्क ४ लाख २३ हजार ६ सय ६० तोकिएको छ । यसअघि ३ लाख ३७ हजार शुल्क थियो ।

निजी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थामा २०७१/२०७२ पछि शुल्क समायोजन गरिएको सीटीईभीटीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत