आइतवार, चैत्र २५, २०८०

सीताले शान्त मृत्युवरण गरिन् : प्रचण्ड


कान्तिपथ


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन संगीनी सीता दाहालको निधनको शोक मनाउन आज प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । सभामा विभिन्न पार्टीका शिर्ष नेता तथा कुटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थिति छन् ।

श्रद्धाञ्जली कार्यक्रममा सभामुख देवराज घिमिरे तथा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल तथा डा. बाबुराम भट्टराई मञ्चमा आसिन थिए । प्रधानन्त्री दाहाल दायाँबायाँ दुई छोरी रेणु दाहाल र गंगा दाहालसँग बसेका थिए । उनीहरु तीनैजनाले सेतो वस्त्र लगाएका थिए । कार्यक्रमको माहोल भावुक थियो ।

कार्यक्रममा सीता दाहालको जीवनमा आधारित भिडिओ देखाइयो । सीता दाहालको उपचारका क्रममा गत असार २७ गते नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको थियो।

प्रधानमन्त्रीको निवास (बालुवाटार) मा आयोजित सीता दाहालको श्रद्धाञ्जली सभामा उपराष्ट्रपति, पूर्वउपराष्ट्रपति ,सभामुख, राष्ट्रियसभा अध्यक्ष,पूर्वप्रधानमन्त्री, मन्त्री, कूटनीतिज्ञका साथै समाजका विभिन्न क्षेत्रका व्यक्ति सहभागी भएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत