मङ्लबार, अशोज ९, २०८०

महिला विश्वकप फुटबल न्युजिल्यान्डमा आजबाट सुरु


कान्तिपथ


नवौं सस्क‌ंरणको फिफा महिला विश्वकप फुटबल न्युजिल्यान्डमा आजबाट सुरु भएको छ । फिफा महिला विश्वकपको उद्घाटन खेल न्युजिल्यान्ड र नर्वे बिच इडेन पार्कमा भइ रहेको छ ।

खेलको पुर्व सन्ध्यामा अकल्याण्ड शहरको केन्द्रमा गोली चल्दा बन्दुकधारी सहित दुई जनाको मृत्यु भएको छ । केन्द्रीय व्यापार जिल्लाको एक निर्माण स्थलमा आज विहान भएको घटनापछि प्रहरी अधिकारीसहित अन्य छ जना घाइते भएका छन् ।

प्रधानमन्त्री क्रिस हिपकिन्सले आक्रमणलाई आतंकवादी कार्यका रूपमा नहेरिएको बताएका बताउनु भएको छ । साथै प्रतियोगिता योजना अनुसार अघि बढ्ने बताउनु भएको छ ।

अकल्यान्डका मेयर वेन ब्राउनका अनुसार फिफाका सबै कर्मचारी र फुटबल टोली सुरक्षित छन् । आज नै हुने अर्को खेलमा रिपब्लिक अफ आयरल्याण्ड र अष्ट्रेलिया विच दोस्रो खेल हुनेछ । एक महिना सम्म सञ्चालन हुने महिला विश्वकपमा कुल ३२ राष्ट्रको सहभागीता रहनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत