शनिबार, अशोज १३, २०८०

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि : केन्द्रिय सदस्य धमाधम बोल्दै


कान्तिपथ


नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दै छ। बैठकल आज बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।

करिब १ वर्षपछि बसेको कांग्रेसको बैठकमा नेताहरूले निरन्तर आफ्नो धारणा राख्नेक्रम जारी छ। बैठकमा महामन्त्री द्वय:गगन थापा र विश्वप्रकाश शर्माले १० वटा एजेन्डा र वार्षिक कार्यतालिकासहित प्रतिवेदन पेस गरेका थिए।

मंगलबार पहिलो बैठकमा प्रस्तुत भएका एजेन्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले बुधबारदेखि धारणा राख्न सुरु गरेका हुन्।

बुधबारको बैठकमा ४६ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए। बिहीबारको बैठकमा ३५ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत