शनिबार, अशोज १३, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • ललिता निवास प्रकरण: भाटभटेनीका सञ्चालक सहितलाई थप ५ दिन थुनामा राख्न अनुमति

ललिता निवास प्रकरण: भाटभटेनीका सञ्चालक सहितलाई थप ५ दिन थुनामा राख्न अनुमति


कान्तिपथ


काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौले अनुमति दिएको छ ।

उक्त प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसहितका अभियुक्तहरुमाथि थप पाँच दिन म्याद थप गरेको हो ।
उक्त प्रकरणमा पक्राउ परेका केही आरोपितहरु २५ दिनदेखि थुनामा रहेका छन् ।

बालुवाटार जग्गा प्रकरणमा किर्ते गरेको अभियोगमा आफूलाई पक्राउ गर्ने निर्णय गैरकानुनी भएको भन्दै गुरुसहितका आरोपीहरु सर्वोच्च पुगेका छन् ।

उनीहरुको बन्दीप्रत्यक्षीकरणको मुद्दा लिएर सर्वोच्च पुगेका हुन् । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासमा पेसी रहेको मुद्दामा गत सोमबारदेखि सुनुवाइ चलिरहेको छ ।

सर्वोच्चले यसबारेमा आज केहीबेरमा निर्णय सुनाउने छ । आरोपीहरुलाई धरौटीमा राखेर अनुसन्धान गर्ने वा थुनामै राखेर गर्नेबारे अदालतले निर्णय दिने छ । तर, त्यसअघि नै पक्राउ परेकालाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत