शनिबार, अशोज १३, २०८०

स्थानीयको अवरोधकै बीच काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न सुरु


कान्तिपथ


काठमाडौं- स्थानीयको अवरोधका बीच काठमाडौं उपत्यकाको फोहोर धादिङ, धुनिबेसीको बञ्चरेडाँडामा विसर्जन गर्न थालिएको छ । स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो ।

फोहोर लैजाने क्रममा धादिङ र नुवाकोटको सीमानामा पर्ने धुनिबेँसी नगरपालिका–१ मा स्थानीयले अवरोधको प्रयास गरेका थिए । त्यहाँ केहीबेर झडपको स्थिति सिर्जना भएको स्थानीयले बताएका छन् ।

काठमाडौं महानगरपालिकाका अनुसार प्रहरी स्कर्टिङमा एक सयवटा टिपर बञ्चरेडाँडा पठाइएको र ती गाडीको फोहोर विसर्जन गरिएको हो ।

बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग छलफल भए पनि ठोस निष्कर्ष निस्कन सकेन सकेको थिएन ।

आइतबार उपत्यका नगर फोरमका अतिरिक्त धुनिबेँसी नगरपालिका र ककनी गाउँपालिका प्रमुख सहितको बैठक बसेर दीर्घकालीन समाधान खोज्ने सहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत