मङ्लबार, अशोज ९, २०८०
  • गृहपृष्‍ठ
  • बिश्व
  • महिला पत्रकारसंग नाम जोडिएपछि चिनियाँ विदेशमन्त्री बर्खास्त

महिला पत्रकारसंग नाम जोडिएपछि चिनियाँ विदेशमन्त्री बर्खास्त


कान्तिपथ


चीन सरकाले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेको छ। एक महिनायता सार्वजनिक स्थानमा नदेखिएका उनलाई चीन सरकारले पदबाट बर्खास्त गरेको हो। डिसेम्बर अन्तिममा पद सम्हालेका चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातायता सार्वजनिक रुपमा देखिएका थिएनन्।

पछिल्लो पटक जुन २५ मा सार्वजनिक रुपमा देखिएका उनी त्यसयता गायब थिए। त्यसदिन उनले श्रीलंका र रुसका विदेशमन्त्रीहरुलाई भेटेका थिए। त्यसपहिले उनी दैनिकजसो कूटनीतिक भेटमा सक्रिय थिए। त्यही नै उनको अन्तिम भेट थियो।

महिला पत्रकारसँगका तस्बिरहरु सार्वजनिक भएसँगै विदेशमन्त्री छिन काङमाथि चिनियाँ सरकारले निगरानी बढाएर नियन्त्रणमा लिएको समाचार सार्वजनिक भएको थियो।

एकजना ४० वर्षीया विश्वचर्चित महिला पत्रकारसँग पटक पटक सार्वजनिक स्थानमा एक्लै देखिएसँगै छिनमाथि सरकारले कारबाही अघि बढाएको दाबी समाचारमा गरिएको थियो।

छिन काङसंग नाम जोडिएकी ४० वर्षीया फू जियोतियान एकजना प्रतिष्ठित पत्रकार हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत