बागमती प्रदेश प्रहरी गण हेटौंडाका प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार खड्काले प्रहरी जवान कुटेको आरोप लागेको छ।
गणमा कार्यरत प्रहरी जवान कुमार भण्डारी र सन्तोष अधिकारीलाई खड्काले कुटपिट गरेको आरोप लागेको हो। गणमा कार्यरत १ जना जुनियर अधिकृतका अनुसार शनिबार बिहान सबैका सामुन्ने एसपी खड्काले जवानद्वयलाई गालामा डाम बस्ने गरि कुटपिट गरेका हुन्।
शुक्रबार राति मोटरसाइकल दुर्घटनामा परेका जवानलाई कुटपिट गरेर खड्काले पिडा माथि पिडा थपिदिएका छन्।
एसपी खड्काको कुटपिटबाट जवान भण्डारीको कानमा चोट लागेको बताइएको छ। घटनाको सन्दर्भमा बागमती प्रदेश प्रहरीले सोधपुछ थालेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ