काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान समसामयिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा एमाले अध्यक्ष ओलीले संसद्को अवरोध हटाउन उच्चस्तरीय छानबिन समिति गठन गरी सुन प्रकरणको छानबिन हुनुपर्ने अडान राख्नुभएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्ने बारेमा पनि छलफल भएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ