जेविन सर्वहारा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ स्थित महिलाहरुका लागि नि:शुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएपछि देशभर त्यसको चर्चा भैरहेको छ। तर लामिछानेले भन्दा ६ महिना अगाडी नै यस्तै प्रकृतिको काम नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर संघले बिराटनगरमा सुरुवात गरेको थियो ।
गत वैशाख १० गतेको उपनिर्वाचनबाट विजयी भएको १०० दिन पुगको अवसरमा उनले नि:शुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएका हुन्।
उनले भरतपुर महानगरपालिकाको बाइपासस्थित पार्टीको सचिवालयबाट बस चढेर उक्त सेवाको सुरुवात गरेका हुन्। ब्लु बस नाम राखिएको बस निर्वाचन क्षेत्र नम्वर २ का विभिन्न रुटमा चल्नेछ । पहिलो चरणमा पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड वितरण गरिने रवि लामिछानेको सचिवालयले जनाएको छ ।
बिराटनगरमा विराटनगर महानगरपालिका–१ निवासी करिम अन्सारीले विगत ६ महिनादेखि सञ्चालनमा ल्याएको निःशुल्क मलामी बस सेवाको पहल अखिल नेपाल यातायात मजदुर संघले गरेको थियो। अहिलेसम्म ५० घरपरिवारका सदस्यहरुको मृत्यु भएको अवस्थामा मलामीहरुलाई घाटसम्म ल्याउने लैजाने सेवा पुर्याएका छन् ।
अन्सारीसँग तीन वटा बस छन्। यिनैमध्ये एउटा चाहिँ मलामी बोकेर घाटसम्म लान प्रयोग हुन्छ। अन्सारीले कसैको निधनमा घाटसम्म मलामी लिएर जान निःशुल्क बस सेवा दिने घोषणा गरेका छन् ।
अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष दिपक केसीले भने, ‘माओवादी निकट अखिल नेपाल यातायात मजदुर संघ मोरङ्गले सर्वसाधारण असहाय सबैको लागि नि:शुल्क शववाहन, एम्बुलेन्स मलामि बस संचालन गरेको ६ महिना भैसक्यो। हामिले न स्टन्ट गर्यौ ? न त प्रचार प्रसार , यसक्रममा सयौ सर्वसाधारणले सेवा पाईसके ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ