मङ्लबार, अशोज ९, २०८०

इन्काउन्टर स्पेसलिस्ट एसपी ढुंगेल काठमाडौँ परिसरको प्रवक्ता


कान्तिपथ


जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेललाई दिइएको छ।

प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट एसपीमा बढुवा भएका ढुंगेलको परिसर काठमाडौंमा पदस्थापन भएको थियो। काठमाडौंमा काज सरुवा भएका ढुंगेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।

यसअघि परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारीमा एसपी सिताराम रिजाल थिए। रिजालको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा भएपछि उनको ठाउँमा गएका ढुंगेललाई प्रवक्ता तोकिएको एसएसपी दानबहादुर कार्कीले बताए।

अपराध अनुसन्धान र कमाण्ड कन्ट्रोलमा काबिल मानिएका कुमोध ढुंगेल गुन्डा नाइके दिनेश अधिकारी चरी इन्काउन्टरपछि चर्चामा आएका प्रहरी अधिकारी हुन। नेपाल प्रहरीमा इन्काउन्टर स्पेसलिस्टको उपाधि पाएका ढुंगेल तत्कालिन महानगरीय अपराध महाशाखामा कार्यरत छँदा चरीको इन्काउन्टर भएको थियो।

युवासंघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने मनोज पुनलाई इन्काउन्टर गर्ने पनि ढुंगेल नै थिए ।

यो नेक्ससमा जोडिएका र निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्याका नाइके समिरमानसिंह बस्नेतलाई उनै ढुंगेलको टिमले भारतबाट नेपाल ल्याएको थियो। ढुंगेलले धेरै गुण्डा नाइकेहरुलाई पक्राउ समेत गरेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत