शनिबार, अशोज १३, २०८०

धरानमा डेङ्गीबाट मृत्यु हुनेको संख्या नाै पुग्यो


कान्तिपथ


सुनसरी । डेङ्गीको महामारी फैलिएको सुनसरीको धरानमा संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै धरानमा डेङ्गीबाट मृत्यु हुनेको संख्या नाै पुगेकाे छ ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १३ की ३५ वर्षीयन महिलाको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको हो ।

चार हजारभन्दा बढी डेङ्गी संक्रमित रहेको धरानमा परीक्षण गर्नेमध्ये ७८ प्रतिशतभन्दा बढीमा डेङ्गी संक्रमण पुष्टि हुने गरेको छ ।

धरानका २० वटै वडामा घरघरै डेङ्गीका बिरामी छन् । संक्रमित बढ्दै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीको चाप थेग्न गाह्रो भएको छ । निजि क्लिनिकमा पनि बिरामीको निकै चाप छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत