आइतवार, फाल्गुन ४, २०८१

नक्कली डाक्टर सांसदको बचाउमा उत्रियो एमाले


कान्तिपथ


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद ज्वालाकुमारी साहले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कांग्रेस सांसद डा. सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेकोमा आपत्ति जनाएकी छिन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर बोल्दै सांसद साहले म्याद सकिएको प्रमाणपत्रलाई लिएर अहिले बखेडा झिकिएको बताएकी हुन् ।

‘सुनिल शर्माजीलाई पक्राउ गरिएको छ । जसले पटक-पटक सुनकाण्डमा छानबिन हुनुपर्छ भनेर आवाज उठाइरहनु भएको थियो । उनलाई कुन हिसाबबाट समातिएको छ ? कानुनले पनि मिल्दैन, उहिल्यै म्याद सकिएको प्रमाणपत्रलाई देखाएर अहिले बखेडा झिकेर समातिएको छ । यसमा घोर आपत्ति छ,’ उनले भनिन् । सांसद शर्माको पक्राउका विषयमा बोलिरहँदा एमाले सचेतक महेश बर्तौलाले संकेत गर्दै उनलाई रोकिने भनेका थिए ।

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार काठमाडौंको गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत