मङ्लबार, चैत्र २७, २०८०

९० बर्षिय बाबुको हत्या गर्ने छोरा पक्राउ


कान्तिपथ


बारा- बाराको जितपुरसिमरा उप–महानगरपालिका-१६ टागियाबस्तीमा आफ्नै ९० बर्षिय बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय निजगढको टोलीले ९० बर्षिय माईत सिं घलानलाई हत्या गरेको आरोपमा आफ्नै ६० बर्षीय छोरा दिल बहादुर घलानलाई प्रहरीले पक्राउ गरेको हो ।

घरायासी विवादको कारणले छोराले आफ्नै बाबुको हत्या भएको ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । ६० वर्षीय घलान मादक पदार्थ सेवन गरेको र सोही कारणले घटना गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैया पठाईको र हत्या गर्ने छोरालाई हाल ईलाका प्रहरी कार्यलय निजगढमा थप अनुसन्धानको लागि राखिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत