शनिबार, बैशाख १, २०८१

अल नासार अरब क्लब च्याम्पियन्स


कान्तिपथ


पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासारले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधि जितेको छ।

शनिबार राति किङ पद स्टेडियममा भएको फाइनलमा अल नासारले अतिरिक्त समयमा अल हिलालविरुद्ध २–१ को कठिन जित हासिल गर्दै उपाधि हात पारेको हो।

च्याम्पियन अल नासारको जितमा कप्तान रोनाल्डोले दुई गोल गरे। अल हिलालका माइकलले गरेको गोल सान्त्वना बन्न पुग्यो। खेलको ५१औं मिनेटमा माइकलको गोलमा अल हिलाले सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा हार भोग्न बाध्य भयो।

खेलको ७०औं मिनेटमा अल नासार १० खेलाडीमा समेटिएको थियो। अब्दुल्लाह अल एम्रीले सिधै रातो कार्ड खाँदै मैदान छाडेका थिए।

खेलको ७४औं मिनेटमा रोनाल्डोको गोलमा अल नासार खेलमा फर्किएको थियो। जितका लागि सर्घष गरिरहेको अल नासारका वैकल्पिक खेलाडी नवाफ बौसल पनि रातो कार्ड खाँदै मैदान छाडेपछि टोली दबाबमा परेको थियो।

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा रोनाल्डोले गोल गर्दै टोलीलाई पुनरागमन जित दिलाए। त्यसको केही समयपछि चोटका कारण रोनाल्डोले मैदान छाडेका थिए। रोनाल्डोले समूह चरण बाहेकका सबै खेलमा गोल गरेका छन्।

अल नासारले सन् २०२१ को डिसेम्बरपछि पहिलोपटक अन हिलाललाई हराएको हो। रोनाल्डोको कप्तानीमा रहेको अल नासारले साउदी प्रो लिगको नयाँ सिजनको पहिलो खेलमा सोमबार अल इटिफकसँग खेल्नेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत