प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा सहभागी गरेर मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्।
जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ। प्रचण्डले अनितालाई आज मन्त्री नियुक्त गर्ने तयारी गरेका स्रोतले जनाएको छ।
प्रचण्डको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ। जनमतलाई सहकारमा सहभागी बनाउन वर्तमान मन्त्रिपरिषद्का सदस्यलाई हटाउनु पर्नेछ। सरकारबाट बाहिरिएको चार महिनापछि जनमत सरकारमा जान लागेको हो।