टेलिभिजन रियालिटी शो ‘मेरो भ्वाईस यूनिर्भस र मेरो डान्स यूनिर्भस’को ग्रयाण्ड फिनाले आगामी भदौमा हुने भएको छ । शो टिमले पत्रकार सम्मेलन गर्दै भदौ २ गते ललितपुरस्थित गोदावरीमा हुने जानकारी गराएका हुन् । ३० एपिसोड सम्म प्रसारण भएको मेरो भ्वाईसको टप फाईभमा सिक्किमबाट शिशिर ठटाल र प्रितम राई, दार्जिलिङबाट साइईराज खाती तथा नेपालबाट परेश राई र शरद हुमागाईँको अन्तिम प्रतिस्पर्धा हुनेछ । त्यसै गरी मेरो डान्स यूनिभर्स तर्फ मिङा डी लेप्चा सिक्किम, खुसी कार्की थाइल्यान्ड, देवी गर्वुजा मगर बेल्जियम र नेपालबाट नेशन सुस्लिङ मगर साजन गुरुङ तथा स्वस्तिक अर्याल मध्ये कुनै पाँच जना बिच अन्तिम प्रतिस्पर्धा हुनेछ । एलन श्रेष्ठको निर्देशनमा निर्माण भएका यी दुवै कार्यक्रमको प्रसारण ३ महिना सम्म भएको थियो जसमा संसारभर छरिएर रहेका नेपाली र नेपाल भाषीको सहभागिता रहेको छ । यी दुवै रियालिटी शोका विजेताले १ करोड पाउँनेछन भने उपविजेताले ३० लाख र तेश्रो हुनेले २० लाख पुरस्कार पाउँनेछन ।