शनिबार, चैत्र ९, २०८१
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • एसएसपीमा बढुवा : जाँड खाएर प्रहरी कुट्नेदेखि कार्यालय मै जुवा खेल्नेसम्म !

एसएसपीमा बढुवा : जाँड खाएर प्रहरी कुट्नेदेखि कार्यालय मै जुवा खेल्नेसम्म !


कान्तिपथ


सशस्त्र प्रहरीका १२ प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयले बिहीबार सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ रिक्त १२ जना सशस्त्र प्रहरी उपरीक्षकको बढुवाका लागि सिफारिस गरेको हो।

आईजीपी राजु अर्याललाई भने यसपालीको बढुवामा विवादितलाई काखी च्यापेको आरोप लागेको छ । उनले आफ्नो सचिवालयमा कार्यरतलाई पनि बढुवा दिलाएका छन् । सशस्त्र प्रहरी बल, नेपालका आइजी राजु अर्यालले एक जना विवादित एसपीलाई काखी च्यापेपछि अन्यले असन्तुष्टि जनाएका छन् । इन्टेलिजेन्स तर्फका सेकेण्ड म्यान विकास घिमिरेका लागि आइजीले एसएसपीको बढुवा प्रक्रिया विवादित बनाएको गुनासो छ ।

बढुवा सूची अनुसार राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविन राज कर्णजीत, भरत खनिया, नेत्र बहादुर कार्की, रमेश कुमार पाण्डे, विकाश घिमिरे, तिर्थराज पौडेल, जहर सिंह बुढा मगर, नरेन्द्र बम, सूर्य बहादुर सेन ओली र तेज प्रसाद पोखरेललाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

बढुवा सिफारिसमा चित्त नबुझ्ने सशस्त्र प्रहरी उपरीक्षकहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् । यी सबै सिसं नम्बर २ का अधिकृत हुन् । यी १९ जनामध्ये १२ जनाको थपिएको दरबन्दीमा बढुवा हुनेछ भने ७ जनाले पालो पर्खनेछन् ।

बढुवाको सिफारिसमा परेका अधिकांश एसपी विवादित छन् । बढुवाको १ नम्बरमा रहेका एसपी राजेश उप्रेती धनुषामा गणपति हुँदा तत्कालीन डिआइजी (अहिलेका आइजिपी) राजु अर्याललाई बाइपास गरी तस्करीमा संलग्न रहेको आरोप लागेको थियो ।

बढुवा सिफारिसको दोश्रो नम्बरमा रहेका एसपी गंगाराम श्रेष्ठ सर्लाहीमा हुँदा सिडिओ र नेपाल प्रहरीका एसपीसँग तास खेली बसेको भिडियो बाहिरिएपछि रातारात कारबाहीमा परे ।

जुवाडे एसपीको बढुवामा दौडधुप (भिडियो) !

चौथो नम्बरका भरत खनियाँले पश्चिम नवलपरासीमा गणपति हुँदा खसी काण्ड मच्चाएर डोटी सरुवा भएको बताइन्छ । डोटीबाट पावर लगाई रूपन्देहीको कमाण्ड सम्हाल्न भ्याएका उनलाई एमाले नेता विष्णु पौडेलसँग जोडिएको ढुंगामुढा र सुकुम्वासी काण्डका कारण तत्कालै हेडक्वार्टरमा तानेर कमाण्ड खोसिएको थियो । त्यसपछि पावर लगाएर उनी सर्लाहीस्थित गणको प्रमुख हुन भ्याए ।

सूर्यबहादुर सेन ओली माथि कमाण्ड नै सट्टापट्टा गरेको आरोप लाग्दै आएको छ । उनीसंगै नाम जोडिएर आउने धुर्वबहादुर कार्की भने बढुवा सिफारिसमा छुटेका छन् । यी दुईमाथि कपिलवस्तु र रौतहट जिल्लाको कमाण्ड एकअर्कासँग अदलीबदली गरेको आरोप छ । उनी प्रहरी नायव उपरीक्षक हुँदा जाउलाखेलमा ट्राफिक प्रहरीसँग झगडा गरेपछि थुनामा परेका थिए । जावलाखेलमा जाँड खाएर प्रहरी कुटेपछि नरेन्द्र बमलाई जोगाउन हम्मे परेको थियो । आइजिपी राजु अर्यालको सचिवालयमा रहेका नरेन्द्र पनि बढुवाको दावेदार हुन् । कालिकोट घर भएका उनी इटालिमा तालिम गर्दै छन् ।

यो बढुवामा सर्वथा विवादित काण्डमा मुछिएका एसपी विकास घिमिरे हुन् । ध्रुवबहादुर कार्की रौतहटबाट पुरस्कार बुझ्न हलचोक आएको बेला उनका हवल्दारले पानपराग कोशेली खाएको भन्दै हेडक्वार्टरमा उजुरी परेपछि पुरस्कार खोसिएको थियो । सशस्त्र प्रहरीको वार्षिकोत्सवका दिन उत्कृष्ट गणपतिका रुपमा कार्की सम्मानित हुँदै थिए । उनको पुरस्कार खोसिनुमा खुमलटारस्थित दक्षिणकाली गणका एसपी विकास घिमिरेको मुख्य भूमिका भएको बताइन्छ । प्रतिस्पर्धामा तिनै चुक्लीवाज विकास घिमिरे पनि सामेल भएको स्रोतको दावी छ ।

आईजीपीले बद्नाम घिमिरेलाई काखी च्याप्दा एसएसपी बढुवामा अन्यौल !

उपाधी खोसेर नपुगी उनले कार्कीको उक्त पदक आफैँले भिर्ने वातावरणसमेत बनाए । घिमिरेमाथि पोहोर खुमल्टारस्थित दक्षिणकाली गणमा रहँदाको बखत पनि भत्ता काण्ड लागेको थियो । उनले निर्वाचन आयोगबाट प्राप्त खाजा भत्ता कार्यालयमा बुझाउन आदेश दिएसङ्गै गणबाट निर्वाचनमा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरुले चर्को असन्तुष्टि जनाएका थिए ।

प्रति दिन २५५ रुपैयाँको दरले प्रतिव्यक्ति चार हजार ७०० रुपैयाँ खाजा भत्ता निर्वाचन आयोगले सम्बन्धित कर्मचारीको खातामा जम्मा गरिदिएको थियो । तर उक्त रकम ब्यक्तिको खातामा आए पनि गणमा फिर्ता गर्न गत मंसिर ९ गते निर्देशन दिएका थिए ।

निर्वाचन क्रममा जुनियर अधिकृत,बिल्लादार र जवानको झण्डै दुई लाख रुपैयाँ जिल्ला निर्वाचन कार्यालयले कर्मचारीको खातामा हालिदिएको थियो । तर उक्त रकम एकाउण्टेण्टलाई नगद दिन उर्दी जारी गर्ने यिनै थिए । ती निरीह कर्मचारीलाई रकम नबुझाएसम्म बिदा आउट बन्द गरिदिएकाले सबैले बाध्य भएर रकम फिर्ता गरे ।

जनआस्थाका अनुसार गत आमनिर्वाचनमा ललितपुरको मुख्य निर्वाचन कार्यालय जाउलाखेल,२ नम्बर क्षेत्र निर्वाचन कार्यालय सातदोबाटो र १ नम्बर निर्वाचन कार्यालय गोदावरीको सुरक्षार्थ क्रमशः १५ र ११ जनाको दरले खटिएका कर्मचारीको खाजा भत्ता पनि उनले खाइदिएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत