नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा भन्नेसँग आफ्नो परिवारलाई जोडेर सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशन गरिएको भन्दै कानूनी कारबाहीमा जाने चेतावनी दिएका छन् ।
पोखरेलले शुक्रबार वक्तव्य जारी गर्दै पत्रकारिताको सामान्य मर्यादा पनि नराखी एक अनलाइन सञ्चारमध्यमले नियोजितरूपमा आफ्नो परिवारलाई जोडेर शतप्रतिशत झुटो समाचार प्रकाशन गरेको भन्दै आपत्ति जनाएका हुन् ।
पोखरेलले वक्तव्यमा भनेका छन्, ‘माओवादीको लगानी रहेको त्यस विवादित अनलाइनले सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशित गरेर मालिकको सेवा गरेको प्रष्टै छ । यो हाम्रो पार्टीलाई बदनाम गरी सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्च हो ।’
पोखरेलले आफ्नो परिवारको संलग्नता पुष्टि गर्न चुनौती दिँदै यस्ता कुराबाट भ्रमित नहुन आग्रह गरेका छन् । पोखरेलले यसबारेमा आजै कानूनी कारबाही अगाडि बढाउने बताएका छन् ।
नेपालखबरमा सागर न्यौपानेले लेखे अनुसार दावाले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापासँग मिलेर विगतदेखि व्यवसाय गरिरहेको भनेका छन्। आफूलाई अप्ठेरो पर्दा उनीहरुले नै सहयोग गर्ने गरेको दावाको प्रारम्भिक बयान छ। साउन १० गते दावालाई होटल भियनामा छापा मार्दै राजस्वको टोलीले पक्राउ गरेको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ