मङ्लबार, अशोज ९, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • माओवादीको आधार इलाकामा हितमानको बखेडा : चुनावका अन्तर्घातीलाई पुरस्कार !

माओवादीको आधार इलाकामा हितमानको बखेडा : चुनावका अन्तर्घातीलाई पुरस्कार !


कान्तिपथ


नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिले चुनावका अन्तर्घातीलाई पुरस्कृत गरेको छ । हितमान शाक्य प्रदेश इन्चार्ज बनेर आएसंगै गत निर्वाचनमा आफ्नै पार्टीका आधिकारिक उम्मेदवार तथा जिल्ला इन्चार्ज तेजबहादुर ओलीलाई हराउन लागि परेका रामसुर बुढा ‘बिरता’ लाई जिल्ला संयोजकको जिम्मेवारी दिईएको छ ।

पार्टीको लुम्बिनी प्रदेश समिति बैठकले ‘बिरता’लाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । विगत ९ महिनादेखि संयोजक पद रिक्त थियो । प्रदेश र संघीय निर्वाचनमा गठबन्धनलाई असहयोग गरेको भन्दै तत्कालिन संयोजक होमप्रकाश श्रेष्ठ हिमाल, हाल संयोजकको जिम्मेवारी पाउने बिरता लगायतलाई पार्टीले कारबाही गरेको थियो ।

त्यसपछि माओवादी केन्द्र रुकुम पूर्व संयोजक विहिन अवस्थामा थियो । उक्त कारबाही फिर्ता भइसकेको भएपनि उनीहरुलाई परिक्षणकालमा राख्नु पर्ने आवाज उठ्दै आएको छ । तत्कालिन प्रदेश इन्चार्ज चक्रपाणी खनालले उनीहरूलाई कारबाही गरेका थिए । अखिल (क्रान्तिकारी) मा देखिएको विवाद सुल्झाउन नसकेपछि फ्र्याक्सन इन्चार्जबाट हटाईएका हितमान शाक्यले माओवादीको आधार इलाकामा आएर नयाँ बखेडा झिकेका छन् ।

रामसुर बुढाले संयोजकको जिम्मेवारी पाएसंगै इन्चार्ज तेजबहादुर ओलीले असन्तुष्टि ब्यक्त गरेका छन् । निर्णयमा पुनर्विचार गरियोस ब्भंदै पार्टी अध्यक्षलाई उनले पत्र लेखेका छन् ।

पत्रमा उनले लेखेका छन्, ‘अध्यक्षको मर्म र भावना, प्रदेश कार्यालयको पटक पटकको आग्रह, रुकुम (पूर्व) का जनताको त्याग, समर्पन र बलिदानिपुर्ण आन्दोलनलाई जोगाउनुपर्ने जिम्मेबारी बोध गर्दै पार्टीको हितका लागी आफैबाट आत्मालोचना गरेर पार्टी जोगाउने काम गरेको कुरामा लुम्बिनी प्रदेश कार्यालय र जिल्लाका नेता कार्यकर्ताहरुलाई स्पष्ट छ । आफ्नो कमजोरी र अरुको अस्तित्व स्वीकार्ने, आफैबाट रुपान्तरण सुरु गरेर अरुलाई रुपान्तरण गर्ने मेरो ईमान्दारीतामा फाईदा उठाउदै गरिने गुटबन्दी र घेराबन्दी मेरा लागी सैहय हुन सक्दैन । पार्टी जिबन र आन्दोलनको अफ्ठ्यारो र जटिल परिस्थितमा पार्टी र आन्दोलनको पक्षमा उभिने कुनैपनी स्वाभिमानी नेता र कार्यकर्ताले हदैसम्मको अन्तरघात, अन्याय, अपमान र गुटबन्दी सहेर बस्न सक्दैन ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत