आज मिति २०८०/०५/०४ गते यस श्री बासडोल सामुदायीक बहुद्देश्यीय सहकारी संस्था लि को १७ औं स्थापना दिवस समारोह तथा संस्थाका अध्यक्ष श्री सुरेन्द्र महत ज्युको सभापतित्वमा जिल्ला सहकारी संघ लि. का अध्यक्ष श्री दिलिप शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन भएको थियो । कार्यक्रम संचालन संस्थाका सचिव श्री रामकृष्ण कुँवर ज्यूले गर्नु भएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य शिक्षा उपसमिति संयोजक श्री गोकुल बहादुर कुँवर ज्यूले गर्नु भएको थियो । कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि श्री दिलिप शर्मा ज्यूले पानसमा द्विप प्रज्वलन गरे पश्चात कोषाध्यक्ष श्री कल्पना कुँवर ज्यूले संस्थाका गतिविधि एवं मन्तव्य प्रस्तुत गर्नुभयो भने संस्थाका व्यवस्थापक अनन्त प्रसाद तिमल्सिना ले संस्थाको स्थापना देखी हाल सम्मको वृत्तचित्र एवं विगत १० वर्षको वित्तिय विवरण र संस्थाले १७ औँ वसन्त पार गर्ने समय सम्मका आरोह अवरोह लगायतका सम्बन्धमा मन्तव्य राख्नु भएको थियो ।
त्यसै गरी अतिथिहरु बनेपा न.पा १२ नं. वडाका वडा सदस्य श्री यसोदा शर्मा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति श्री रघुनाथ हुमागाई ज्यू, ने.रे.सो महेन्द्रज्योति उपशाखाका सभापति एवं संस्थाका प्रमुख सल्लाहकार श्री मुकुन्द शर्मा ज्यू, कोप सोलुसन्स प्रा.लि.का अध्यक्ष श्री विवेकराज ठकुरी ज्यू, पत्रकार श्री लक्ष्मण तिमल्सिना ज्यू, बनेपा वडा नं.१२ स्वास्थ्य चौकी प्रमुख महेश राजवंशी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाका प्रमुख सल्लाहकार मुकुन्द शर्माले संस्थामा संचालक समिति, कर्मचारीको भुमिका, संस्थाका वित्तिय अवस्थाका बारेमा चर्चा गर्नु भयो ।
यस स्थापना दिवस कार्यक्रममा २२ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो रक्तदाता प्रमाण पत्र अतिथि श्री रघुनाथ हुमागाई ज्यूले वितरण गर्नु भयो भने प्रमुख अतिथि ज्यूले सहकारी संस्थाका विषयमा जिल्ला सहकारी संघको भुमिका यस संस्थाको वित्तिय लगायतका विविध विषयमा मन्तव्य राख्नु राख्नुका साथै रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो कार्यक्रमको समापन लगायत अतिथि ज्यूहरुलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रमका सभापति श्री सुरेन्द्र महत ज्यूले १७ औँ स्थापना दिवस समारोह कार्यक्रम समापन गर्नु भएको थियो ।