शुक्रबार, बैशाख ७, २०८१

इन्टर मियामी यूएस ओपनको फाइनलमा


कान्तिपथ


लिओनल मेसीले फेरि एकपटक सानदार प्रदर्शन गरेपछि इन्टर मियामी सिन्सिनाटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युएस ओपन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

लिग्स कपको उपाधि जितेको एक साता नबित्दै मेसीको कप्तानीमा रहेको इन्टर मायमी लगातार दोस्रो प्रतियोगितामा फाइनलमा प्रवेश गरेको हो।

निर्धारित ९० मिमनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल ३-३ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

६८ मिनेटसम्म दुई गोलले पछि परेको इन्टर मायमीका लागि मेसीले उत्कृष्ट प्रदर्शन गरे । उनकै पासमा लियोनार्दो काम्पनाले ६८औं र इन्जुरी टाइममा गोल गरेपछि इन्टर मायमीले खेल बराबरीमा पुर्‍याएको थियो ।

त्यसपछि अतिरिक्त समयमको तेस्रो मिनेटमा जोसेफ मार्टिनेजले गोल गरी इन्टर मयामीलाई ३-२ को अग्रता दिलाएका थिए । तर युया कुबोले सिन्सिनाटीका लागि बराबरी गोल फर्काएपछि खेल ३-३ को रोमाञ्चक अवस्थामा पुग्‍यो ।

अब इन्टर मियामीले यूएस ओपन कपको उपाधिका लागि ह्युस्टन डाइनामो र रियल साल्ट लेकबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल खेल सेप्टेम्बर २७ मा हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत