मङ्लबार, अशोज ९, २०८०

कोशी सरकारको वैधानिकतामाथि आज पहिलो सुनुवाई


कान्तिपथ


कोशी प्रदेश सरकार गठन तथा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी विवादको रिटमा सर्वोच्च अदालतले बिहीबार पहिलो सुनुवाइ गर्दै छ। कोशी प्रदेशमा सरकार गठनसम्बन्धी दोस्रो विवाद पनि सर्वोच्च अदालत प्रवेश गरेको छ।

मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको प्रक्रियामा संविधान मिचिएको भन्दै प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। विश्वासको मत लिँदा सत्ता गठबन्धनले संविधानको धारा १८६ विपरीत गरेकोले विश्वासको मत बदरको माग रिटमा गरिएको छ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा प्रदेश सभा बैठकको अध्यक्षता गरेका सत्ता पक्षका सांसद इस्राइल मन्सुरीले मत दिएको र उक्त कार्यले संविधान मिचिएको दाबी रिटमा गरिएको छ। एमाले प्रदेश सभा संसदीय दलका नेता हिक्मत कार्कीका तर्फबाट बुधबार सर्वोच्चमा रिट दर्ता भएको हो।

प्रारम्भिक सुनुवाइका लागि बिहीबारका लागि तोकिएको छ। एकल न्यायाधीशको इजलासले अन्तरिम आदेशबारे छलफल गर्ने छ। रिटमा मुद्दाको अन्तिम किनार नलाग्दासम्म अन्तरिम आदेशको माग समेत गरिएको छ। मुख्यमन्त्रीको रुपमा काम काज गर्न रोक्नुपर्ने माग रिटमा गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत